जल/वातावरण
चैत्र २५ सम्म थपियो लकडाउन
सरकारले फेरी आठ दिन ‘लक डाउन’ थप गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको सन्त्रासपछि पहिलो पटक ११ चैतबाट देशमा लक डाउन गरिएको थियो ।
एकपछि अर्को गर्दै कोरोना संक्रमण (कोभिड १९) को संक्रमित फेला पर्न थालेपछि सरकारले सुरुमा एक साताका लागि लक डाउनको निर्णय लिएकोमा आइतबार बसेको मन्त्रीपरिषद् बैठक मार्फत बढाएर फेरी ८ दिन थप गर्ने निर्णय लिएको हो ।
आइतबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिले लक डाउनको अवधि सात दिन थप्नु पर्ने निष्कर्ष सहित सरकारलाई सिफरिस गरेको थियो ।
त्यस्तै बैठकले लक डाउनका कारण प्रभावित भएका नागरिकहरूलाई राहत दिनेबारे पनि मन्त्रिपरिषदमा सुझाव दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्