पूर्व गृहमन्त्री लेखकलाई अदालत उपस्थित गराइयो
पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा लेखकलाई शनिबार पक्राउ गरिएको थियो ।
गत भदौ २३–२४ गते जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो । उक्त घटनामा दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए ।
प्रदर्शनको क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा समेत आगजनी तोडफोड लुटपाट भएको थियो ।
सो घटनाको छाटबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा छानबिन आयोग गठन भएको थियो । आयोगको प्रतिवेदनका आधारमा प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।
प्रहरीले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अदालत उपस्थित गराउँदै छ । ओलीको स्वास्थ्यमा समस्या रहेका कारण त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।





प्रतिक्रिया राख्नुहोस्