जन सरोकार

हातहतियार मुद्दाका फरार प्रतिवादी पक्राउ

हातहतियार मुद्दाका फरार प्रतिवादी सिरहा कल्याणपुर नगरपालिका-८ बस्ने ३१ वर्षीय मोहमद लालु खान भन्ने लालु खानलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंको २०७९ कात्तिक ३० गतेको फैसलाले हातहतियार मुद्दामा खान समेतलाई ३ वर्ष कैद र ३० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं गौशालाबाट पक्राउ गरेको हो ।

फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.