क्रिकेटखेल

पिएनजीमाथि नेपालको सहज जीत, बलिङमा करण केसी नायक- सिरिजको फाइनलमा प्रवेश

काठमाडौंमा जारी नेपाल, मलेसिया र पपुवा न्यूगिनी (पिएनजी) सम्मिलित त्रिदेशीय टी २० प्रतियोगितामा नेपालले लगातार तेस्रो जीत हातपारेको छ । आज सम्पन्न प्रतियोगिताको तेस्रो खेलमा नेपालले पिएनजीमाथि सहज जीत हातपारेको हो ।

नेपालको सहज जीतमा ब्याटिङमा दीपेन्द्रसिंह ऐरी र बलिङमा करण केसी नायक बन्न पुगे । टस हारेर ब्याटिङमाा ओर्लेको नेपालले दीपेद्रको अद्र्धशतकको मद्दतले २०३ रन बनाएको थियो ।

२०४ रनको विजयी लक्ष्य पछ्याएको पिएनजीलाई ३७ रनले पराजित गरेको छ । २०४ रनको लक्ष्य पछ्याएको पिएनजीलाई १६६ रनमै रोक्ने क्रममा करण केसी नायक सावित भए । उनले ह्याट्रिकसहित ५ विकेट लिए ।

नेपालका लागि सोमपाल कामीले २, अविनाश बोहोराले २ तथा कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।

पपुवा न्यूगिनीलाई पराजित गरेसंगै नेपाल श्रृंखलाको फाइनलमा प्रवेश गरेको छ । नेपालले लिग चरणको अन्तिम खेल शनिबार मलेसियासँग खेल्नेछ भने फाइनल सोमबार हुनेछ ।

टी-२० मा नेपालको छैठौं उच्च स्कोर, पिएनजीलाई २०४ रनको लक्ष्य

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.