खेलफूटबल

भोजपुर गोल्डकपको उपाधि क्यामरुनलाई

पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको उपाधि एभिनियर फुटबल क्लब क्यामरुनले जितेको छ ।

भोजपुर गोल्डकपको उपाधि क्यामरुनलाई

बिहीबार भएको फाइनल खेलमा क्यामरुनले घरेलु भोजपुरको टिमलाई पराजित गरेको हो । खेलको निर्धारित समयमा एक र अतिरिक्त समयमा अर्को गोल थप्दै क्यामरुनले घरेलु टिम भोजपुर जिल्ला फुटबल सङ्घलाई २–० गोलले पराजित गरेको हो । क्यामरुनका तर्फबाट नगुइनी र टिम्बाले एक-एक गोल गरेका थिए ।

विजेता भएसँगै क्यामरुनले रु पाँच लाख पाएको छ भने भोजपुरले रु तीन लाखसहित उपविजेतामा चित्त बुझाउनुपरेको छ । फाइनल खेलकोे म्यान अफ दि म्याच भोजपुरका खेलाडी धीरज मगर भएका छन् ।

यस्तै खेलको व्यक्तिगत विधातर्फ उदयीमान खेलाडीमा भोजपुरका बिनुप राई, उत्कृष्ट गोलरक्षकमा क्यामरुनका एलिन, उत्कृष्ट रक्षकमा क्यामरुरनका एनसनगोउ, उत्कृष्ट मिडफिल्डर क्यामरुनका नगुइनी, सर्वाधिक गोलकर्ता भोजपुरका सन्तोष तामाङ र क्यामरुनका टिम्बा भएका छन् भने सर्वोत्कृष्ट खेलाडी भोजपुरका विजय भुजेल भएको आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो ।

प्रतियोगितामा दुई बाहिरी र छ नेपाली गरी आठ टिमले सहभागिता जनाएका थिए । खेल संयोजक आङपासाङ शेर्पाका अनुसार प्रतियोगितामा युकेएफसी दार्जिलिङ भारत, एभिनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल सङ्घ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्टस क्लब खोटाङ र बसाहा क्लब उदयपुरले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.