जापान

जापानमा कार्बन डाइअक्साइड ग्याँस उच्चस्तरमा वृद्धि

जापानमा तापक्रम बढाउने कार्बन डाइअक्साइड ग्याँसको उच्च वृद्धि भएको पाइएको छ । जापान मौसम विज्ञान एजेन्सीले अघिल्लो वर्ष देशभर कार्बन डाइअक्साइड ग्याँस उच्चस्तरमा बढेको जनाएको हो ।

एजेन्सीले इवाते प्रान्तको ओफुनातो, ओकिनावाको पश्चिमी टापु योनागुनी र ओगासावारा टापुको पूर्वी टापु मिनामितोरिशिमामा गरेको कार्बन डाइअक्साइडको स्तर अनुगमनमा सो तथ्य पत्ता लागेको हो ।

एक वर्षको अवधिमा ओफुनातो शहरमा ४ सय २५ पिपिए, योनागुनीमा ४ सय २४.४ र मिनामितेरिशिमामा ४ सय २१.८ पिपिएम मापन गरिएको थियो ।

यो तथ्यांक अघिल्लो वर्षको तुलनामा उच्च स्तरको बढी हो । अघिल्लो वर्ष ४ सय २०.६ पिपिएमको उच्च रेकर्ड कायम गरिएको थियो ।

मौसम एजेन्सीले सन् १९८७ ओफुनातो शहरमा तथ्यांक संकलन सुरु गरेयता जापानमा कार्बन डाईअक्साइडको मात्रा लगातार बढ्दै गएको छ ।

मौसम एजेन्सीले जापानको दक्षिणपूर्वी समुद्रबाट लगभग ६ किलोमिटरको उचाईमा कार्बन डाईअक्साइडको स्तर अनुगमन गर्ने गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.