जल/वातावरण

ओम्नी समूहलाई कालोसूचीमा राख्दै स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द

स्वास्थ्य सेवा विभागले विवादास्पद ओम्नी समूहले सम्झौता अनुसार सामान नल्याएकाले कालो सूचीमा राख्न आग्रह गर्दै सम्झौता रद्द गर्ने निर्णय गरेको छ । त्यस्तै विभागले तीन दिन मात्र समय दिएर भोलि बिहिबार नयाँ प्रस्ताव आह्वान गर्ने निर्णय गरेको छ ।

ओम्नीसंगको सम्झौताअनुसार सरकारले नेपाल एयरलाइन्सको विमान पठाएर आइतबार व्यक्तिगत सुरक्षा सामग्री लगायत धेरै स्वास्थ्य सामग्री पनि ल्यायो । तर, बिना प्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भएपनि सम्झौता रद्द गरेको हो ।

ओम्नीसंगको सम्झौता अनुसार महानिर्देशक श्रेष्ठले मन्त्रालय बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरिएको स्वीकार गर्दै उसले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय भएको बताउनुभयो ।

श्रेष्ठकाअनुसार पहिलो खेपमा ल्याउनुपर्ने सामानमध्ये जम्मा १० प्रतिशत मात्र आएको छ । १ लाख सेट पीपीई पहिलो लटमा ल्याउने सम्झोता थियो । तर १० हजार थान मात्र आयो । एन ९५ मास्क, ग्लोब्स र सर्जिकल मास्क पनि सम्झौता अनुसार दिन सकेन । पहिलो लटमा १० हजार एन ९५ मास्क र र १ लाख जोडा ग्लोब्स मात्र आएको छ ।

तर तेस्रो लटमा ल्याउनुपर्ने ७५ हजार थान र्‍यापिड टेष्ट किटमध्ये ५० हजारथान पहिलो लटमा आइपुगेको छ । र, यो किट प्रयोगका लागि पनि अयोग्य भएको पाइएको छ ।

यस्तै, बिहिबार २ अप्रिलमा दोस्रो खेप सामान आइसक्नुपर्ने हो । तर, त्यसको सम्भावना देखिँदैन । यो कहिले ल्याउने भनेर प्रस्ताव पनि नगरेकाले सम्झौता रद्द गर्ने र ओम्नी समूहलाई कालोसूचीमा राख्न आग्रह गर्ने निर्णय भएको श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.