जन सरोकार
एमालेका कार्यकर्ताबाट कुटपिटमा परेका ज्येष्ठ नागरिकसंग गृहमन्त्री गुरुङको भेट
पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओली पक्राउको बिरोधमा प्रदर्शन गरिहेका एमाले कार्यकर्ताबाट हातपात गरिनुभएका ज्येष्ठ नागरिकलाई गृहमन्त्री सुधन गुरुङले भेट गर्नुभएको छ ।
यही चैत १५ मा पाटन अस्पताल गाडिको सडकपेटीमा हातपात भएको थियो । मंगलबार ललितपुरस्थित उनकै निवासमा पुगेर गृहमन्त्री गुरुङले भेट गर्नुभएको हो ।
सडकपेटीमा हिँडडुल गरिरहनुभएका जेष्ठ नागरिकमाथि हातपात गरेको आरोपमा ललितपुरको गोदावरी नगरपालिका–१० टाखेल बस्ने आरबी शर्मा भनिने राम शरण शर्मा बजगाईं पक्राउ पनि परेका छन् ।
गृहमन्त्री भेट्न पुगेपछि पीडित ज्येष्ठ नागरिकले आफूलाई पीडामा भएको बेलामा साथ दिएको भन्दै धन्यवाद दिनुभएको छ । गृहमन्त्री गुरुङले आफ्नो काम सकेर निवास फर्कने क्रममा भेट गरेको उहाँको सचिवालयले जनाएको छ।




प्रतिक्रिया राख्नुहोस्