जल/वातावरण
कास्कीमा भारतबाट फर्केका युवामा कोरोना संक्रमण, थप परीक्षणका लागि पठाइयो
कास्कीमा एकजना कोरोनाा संक्रमित भेटिएका छन् । बिहिबार बाग्लुंगकी एकजना वृद्ध महिलामा संक्रमण देखिएको भोलिपल्टै भारतबाट फर्केका एक युवामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

यो समेत नेपालमा कोरोना संक्रमितको संख्या सात पुगेको छ । समाचार अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो ।
गण्डकी प्रदेश सरकारले दिएको जानकारी अनुसार ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्