स्थानीयतह निर्वाचन

आचारसंहिता पालना प्रतिबद्धता बैठकमा नाराबाजी

आगामी वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले सहभागी हुने राजनीतिक दलहरुसंग प्रतिबद्धता लिएको छ ।

मंगलबार आयोगले निर्वाचनका लागि दर्ता भएका दलहरूलाई बोलाएर आचारसंहिता उल्लंघन गर्न नपाइने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता लिएको हो । सो बैठकमा कतिपय राजनीतिक दलका नेताहरुले भने नाराबाजी गरेका थिए ।

यद्यपि, आयोगमा उपस्थित ७९ वटा राजनीतिक दलका प्रमुख, पदाधिकारी र प्रतिनिधिहरूले आचारसंहितामा हस्ताक्षर गरी पूर्ण पालना गर्ने प्रतिबद्धता भने जनाएका छन् ।

आयोगले दलहरूसँग छलफल गरी जारी गरेको निर्वाचन आचारसंहिता–२०७८ को प्रभावकारी कार्यान्वयनमा राजनीतिक दलहरुको प्रतिबद्धता लिइएको हो ।

बैठकको प्रारम्भमै आयोगले दलहरूलाई आचारसंहितामाथि छलफल नगरी प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न भनेपछि छलफल नै नगरी हस्ताक्षर गर्न भनेपछि साना दलका नेता र प्रतिनिधिले विरोध जनाएका थिए ।

सत्तारुढ गठबन्धन र ठूला दलको आदेशमा आयोग चलेको भन्दै साना दलले आयोगका पदाधिकारीविरुद्ध नाराबाजीसमेत गरेका छन् । बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विवाद नगर्न आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.