खेलविविध

खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्ने बनाउनु पर्छ : मन्त्री श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्ने गरी खेललाई व्यावसायिक बनाउनुपर्ने बताउनुभएको छ ।

खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ

अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रले यहाँ आज आयोजना गरेको भक्तपुर जिल्लाव्यापी अन्तर वडाकप ब्याडमिन्टन प्रतियोगिताको लोकन्थलीमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले खेलाडीमा खेलेरै पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने विश्वास जगाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

मन्त्रालयले खेल क्षेत्रको नीतिगत सुधारका लागि आवश्यक कार्य अगाडि बढाएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले राम्रा एवं दक्ष खेलाडी उत्पादन हुने गरी खेल प्रतियोगिता आयोजना हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, प्रतिनिधिसभा सदस्य सन्तोष परियार, क्लब मध्यपुरका सञ्चालक अष्ट कवेँलगायतले खेल क्षेत्रलाई राजनीतिबाट टाढा राख्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.