राजनीति

पार्टीमा बोगटीको सधैँ अभाव महसुस भइरहन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको सधैँ अभाव महसुस हुने गरेको बताउनुभएको छ ।

प्रधानमन्त्री

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षिक साधारणसभा तथा स्मृति दिवस समारोहलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले इमान्दार र सादगी नेता बोगटीको अभाव भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “पोष्टबहादुर बोगटी एक इमान्दार नेता हुनुहुन्थ्यो, वहाँको सम्पूर्ण जीवन त्याग र निष्ठाले भरिपूर्ण छ । बोगटी एक सहयोगी भावनाको, आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध, सक्षम र समन्वयकारी नेता हुनुहुन्थ्यो ।”

बोगटीको निधनपछि पार्टीमा समन्वयको अभाव महसुस हुने गरेको प्रधानमन्त्री दाहालले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “अप्ठ्यारो परेको बेला उहाँले समन्वय गर्नुहुन्थ्यो । पार्टीमा उहाँको अभाव खड्किरहन्छ ।”

कार्यक्रममा माओवादी केन्द्रका सचिव गिरिराजमणि पोखरेल, प्रतिनिधिसभामा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी, नेता पुष्पविक्रम मल्ल, बोगटीका पत्नी राममाया बोगटीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.