डाक्टरहरुको डिनर पार्टीबाट १८ जना प्रशिक्षार्थी डाक्टरलाई कोरोना संक्रमण
कोरोना भाइरस संक्रमण बढ्दै गएको राजधानी टाकियोको एक अस्पतालका १८ जना प्रशिक्षार्थी चिकित्सकको कोरोना परीक्षण पोजेटिभ पाइएको अस्पतालले जनाएको छ । उनीहरुले मानिसहरुको जमघट नगर्न गरेको आग्रहलाई बेवास्ता गर्दै ४० जना प्रशिक्षार्थी डाक्टर एउटा डिनर पार्टीमा उपस्थित भएका थिए ।

टोकियोस्थित कियो विश्वविद्यालय अस्पतालका अनुसार एक प्रशिक्षक डाक्टरले मार्च ३१ मा कोरोनाभाइरसको परीक्षण गरेका थिए, उनमा पोजेटिभ देखिएपछि पछि अरु ९९ जना डाक्टरमध्ये १७ जनामा संक्रमण पाइएको थियो । उनीहरुले पहिलो संक्रमित प्रशिक्षार्थीसंग नजिकको सम्पर्क राखेका हुन सक्ने अनुमान अस्पतालको छ ।
अस्पतालले ती डाक्टरहरुलाई भीडभाड नगर्न अनुरोध गर्दा पनि अटेर गरेकोमा आक्रोश व्यक्त गरेको छ । अस्पतालका प्रमुख युको कितागावाले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ बिरामीलाई जोगाउनु पर्ने चिकित्सक सेवामा संलग्न व्यक्तिहरूबाट भएको लापरवाही असहनीय कार्य हो ।
संक्रमित ती प्रशिक्षक चिकित्सकहरुलाई दुई हप्ताको लागि घरमा बस्न आदेश दिइएको छ । टोकियो, ओसाका र पाँच प्रान्तहरू आपतकालिन अवस्थाको लागि मंगलबार घोषणा गरिने महामारीको कारणले यो संक्रमण भएको हो।