जल/वातावरण
बढ्दै छ कोरोना संक्रमण- बुधबार थपिए तीन सय ३९ जना

नेपालमा कोरोना संक्रमण विस्तारै बढ्दै जान थालेको पछिल्ला केही दिनयताको तथ्यांकले देखाइरहेको छ । छिमेकी मुलुक भारतमा दैनिक एक लाखका दरले संक्रमित बढिरहँदा भारतबाट नेपाल फर्कनेको संख्या बढ्दै गएको र भारतबाट फर्किएकामा नयाँ भरिएन्टको कोरोना समेत देखिएको छ ।
देशभर चार हजार १०० नमुनाको पीसीआर गर्दा २ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एक हजार ४० एन्टीजेन परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको स्स्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्