जन सरोकार

जोखिम जति बढ्दै लकडाउन उल्लंघन त्यति बढी, विहानै पक्राउ परे २३ सयजना

दोस्रो चरणमा कोरोना संक्रमण देखिएपछि सरकारले लकडाउनलाई कडा र थप्दै गएको भए पनि आम मानिसमा यसको उल्लंघन गर्ने प्रवृत्तिमा कुनै सुधार छैन । लकडाउन आफ्नै जीवन रक्षाका लागि हो भन्ने जान्नेहरु नै लकडाउन उल्लंघनलाई बहादुरी ठान्न थालेपछि प्रहरी सक्रियता अरु बढेको छ र बुधबार विहानै २३ सज जना कारबाहीमा परेका छन् ।

लकडाउन पालना गर्नेभन्दा रमिते बनेर सडकका पेटीमा गुचुमुच्च भएर बस्ने र लखरलखर हिंड्ने गर्दा प्रहरीले अब प्रहरीले उपत्यकामा थप मद्दत टोली समेत खटाएर बुधबार बिहान मात्रै दुई हजार ३ सय १ एक जनालाई कारबाही गरिएको छ । अहिले उपत्यकामा लकडाउन कार्यान्वयनका लागि ४ हजार प्रहरी अधिकारी फिल्डमा खटिएका छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलका अनुसार बिहान मात्रै लकडाउन उल्लंघन गर्ने काठमाडौं, ललितपुर र भक्तपुर सर्वसाधारणलाई ठूलो संख्यामा नियन्त्रणमा लिएर उनीहरुलाई कोरोना भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिइएको थियो ।

पोखरेलका अनुसार काठमाडौंबाट एक हजार ४ सय २४ पुरुष, ५ सय महिला, ललितपुरबाट २ सय ७४ पुरुष र ७९ महिला र भक्तपुरबाट २० पुरुष र २४ जना महिला होल्ड गराइएका छन् ।

त्यसै गरी यही समयमा १७ वटा चार पांग्रे र १ सय १२ वटा दुई पांग्रे सवारीसाधन पनि नियन्त्रणमा लिइएको डीआईजी पोखरेलले बताउनुभयो । उहाँका अनुसार लकडाउन आमनागरिककै लागि सरकारले चालेको कदम भएको बताउँदै अब प्रहरी कडा रुपमा प्रस्तुत हुने र विभिन्न बाहनामा बाहिर निस्किनेलाई छुट छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.