क्रिकेटखेल

आइपिएलमा दिल्लीमाथि गुजरातको एक रनको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग(आइपिएल) २०२६ मा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्समाथि एक रनको रोमाञ्चक जित हासिल गरेको छ । बुधबार राति भएको खेलमा दिल्ल्लीमाथि एक रनको जित निकाल्दै गुजरातले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

जारी प्रतियोगितामा दिल्लीको भने यो तेस्रो खेलमा पहिलो हार हो । दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १० रन बनाएको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले ४५ बलमा ४ चौका र ५ छक्का प्रहार ७० रनको अर्धशतकीय पारी खेले भने वासिङ्टन सुन्दरले३२ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५५ रनको अर्धशतकीय इनिङ खेले ।

त्यस्तै जस बटलरले २७ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय पारी खेल्दा साई सुदर्सन ७ बलमा १२ र ग्लेन फिलिप्स १४ रनमा अविजित रहे । दिल्लीका लागि मुकेश कुमारले दुई विकेट लिए भने लुन्गि एन्गेडि र कुलदिप यादवको भागमा समान एक-एक विकेट रह्यो । गुजरातले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०९ रन मात्र बनायो ।

दिल्लीका लागि केएल राहुलले ५२ बलमा ११ चौका र ४ छक्का प्रहार ९२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै पथुम निशंकाले २४ बलमा ६ चौका र १ छक्काको मद्दतमा ४१ रन बनाए भने डेविड मिलरले २० बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४१ रनमा अविजित रहे । गुजरातका लागि रशिद खानले तीन विकेट लिए भने प्रसिद्ध कृष्णाले दुई विकेट लिँदा मोहमद सिराजको भागमा एक विकेट रह्यो ।

जितसंगै तीन खेलमा दुई अंक जोडेको गुजरात छैठौं स्थानमा छ भने समान खेलमा चार अंक जोडेको दिल्ली तालिकाको चौथो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज राति नेपाली समय अनुसार पौने आठ बजे कोलकाता नाईट राइडर्स र लखनउ सुपर जाइन्ट्स भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.