नयाँ शैक्षिक सत्र सुरु नहुँदै कर्णालीमा पुग्यो पाठ्यपुस्तक
हरेक वर्ष नयाँ शैक्षिकसत्र सुरु भएको लामो समयसम्म विद्यार्थीका हातमा पाठ्यपुस्तक नपुग्ने समस्या केही वर्षयता हल हुँदै गएको छ । तीन वर्षअघिबाट सुधार भएको यो विषय अहिले झन उत्कृष्ट बनेको पाइएको छ ।
यस क्रममा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै कर्णाली प्रदेशमा पाठ्यपुस्तक बिक्री वितरण गरेको छ ।
नयाँ शैक्षिकसत्र २०८३ का लागि चैत २४ गतेसम्म नेपालगञ्ज कार्यालयबाट चार लाख ६२ हजार २४६ थान पाठ्यपुस्तक बिक्री वितरण गरिएको प्रादेशिक प्रेस नेपालगञ्जका प्रमुख रुद्र खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालगञ्ज कार्यालयमार्फत कर्णालीका हुम्ला, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र सल्यान गरी पाँच जिल्ला तथा लुम्बिनी प्रदेशका रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके गरी पाँच जिल्लासहित १० वटा जिल्लामा पाठ्यपुस्तक वितरण हुने गरेको छ ।




प्रतिक्रिया राख्नुहोस्