जल/वातावरण

यी जडिबुटीहरुको सेवनले रोग प्रतिकारात्मक क्षमता र भाइरल निरोधी शक्ति प्रदान गर्छ

विश्वभर कोरोना भाइरस संक्रमणको महामारी फैलिइरहेको परम्परागत पौराणिककालदेखि चलिआएको प्राकृतिक चिकित्सा प्रणालीको उद्गम थलो नेपालमा कोरोना र यस्ता अनेक रोगहरु प्रतिरोध गर्ने क्षमता भएका जडिबुटीहरु प्रशस्त पाइन्छ ।

अहिले औषधि र खोपका बारेमा अनेक अनुसन्धान र बहस चलिरहेका बेला आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोरोनाका सम्बन्धमा एक सन्देश जारी गर्दै निश्चित जडिबुटीहरुको नियमित सेवन गरी रोग प्रतिरोधी क्षमता बढाउन आव्हानन गरेको छ ।

विभागले जारी गरेको सन्देशमा विभागले गुड्ची (गुर्जो) ५ ग्राम, आधा लिटर पानीमा आधा पकाएर बाँकी रहेपछि चिया जस्तै प्रयोग गर्दा रोक प्रतिरोधी क्षमता बढ्ने सुझाव दिएको छ ।

त्यसै गरी असुराको पात र बेसार १ लिटर पानीमा पकाएर आधा बाँकी रहेपछि चिया जस्तै पिउने, सुठो, मरिच, पिप्ला २ ग्राम र तुलसीको पात ५ वटा १ लिटर पानीमा पकाएर आधा बाँधी रहेपछि सेवन गर्न सुझाव दिएको छ ।

त्यसै गरी तेजपात २ ग्राम र दालचिनी २ ग्राम आधा लिटर पानीमा पकाएर चिया जस्तै गरी प्रयोग गर्ने र नियमित योग तथाा प्राणायम गर्न सुझाव दिएको छ ।

यी वस्तुहरु हाम्रो गाउँघर तथा शहर बजारतिर सजिलै पाइने र दैनिक भान्सामा समेत प्रयोग हुने भएकाले अहिलेको संक्रमणकालीन अवस्थामा यसको अलग किसिमले प्रयोग गर्दा कारोना भाइरसको आक्रमणबाट बच्न सकिन्छ ।

त्यसो त विज्ञहरुले नेपालमा कोरोना भाइरसको संक्रमण कम देखिनुमा नेपालीको खानपानको कारण रहेको निष्कर्ष निकालिरहेका बेला आयुर्वेद विभागको यो सन्देशलाई पालना गरी आफू पनि सुरक्षित हुने र अरुलाई पनि सुरक्षित पार्ने हो कि ?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.