विश्व समाचार

दक्षिण एसियामा कोरोना : एक अर्ब ९० करोड जनसंख्या संक्रमित १२ हजार

झण्डै एक अर्ब ९० करोड जनसंख्या भएको दक्षिण एसिया जनसंख्याको हिसाबले विश्वको सबैभन्दा ठूलो क्षेत्र हो । अहिले विश्वव्यापी महामारी फैलाइरहेको कोरोना भाइरसले शक्तिशाली राष्ट्रहरु आक्रान्त भैरहेका बेला भने यो क्षेत्रको संक्रमण दर र मृत्यु आश्चर्यजनक रुपमा अति न्यून छ ।

जनसंख्याको अनुपातमा दक्षिण एसियामा कोरोना भाइरस संक्रमितको संख्यालाई आधार मान्ने हो भने यो क्षेत्रमा कोरोनाको महामारी छैन । अहिले दक्षिण एसियाका लगभग सबै मुलुकमा लकडाउन गरिएको छ । कोरोना संक्रमण सुरु भएयता दक्षिण एसियामा १२ हजारजनामा संक्रमण भएको छ भने ३ सय ३६ जनाले ज्यान गुमाएका छन् । संक्रमित र मृत्युको आधा हिस्सा भारतको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार दक्षिण एसियामा यो भाइरसबाट भारतमा सबैभन्दा धेरैको मृत्यु भएको छ । अहिलेसम्म भारतमा मृत्यु हुनेको संख्या दुई सय २७ पुगेको छ । त्यस्तै पाकिस्तानमा अहिलेसम्म ६६ जनाको मृत्यु भइसकेको छ । अन्य दक्षिण एसियाली मुलुक बंगलादेशमा २१, अफगानिस्तानमा १५ र श्रीलंकामा सात जनाको कोरानाबाट मृत्यु भएको छ । माल्दिभ्स, नेपाल र भुटानमा भने यो भाइरसबाट कसैले पनि मृत्यु भएको छैन ।

दक्षिण एसियामा संक्रमित हुनेको संख्या पनि १२ हजार नाघेको छ । सबैभन्दा बढी प्रभावित मुलुक भारतमा यो भाइरसका संक्रमितको संख्या छ हजार सात सय २५ पुगिसकेको छ । त्यस्तै पाकिस्तानमा संक्रमित चार हजार छ सय पुगेका छन् ।

अन्य मुलुकहरुमा अफगानिस्तानमा चार सय ८४, बंगलादेशमा तीन सय ३०, श्रीलंकामा एक सय ९०, माल्दिभ्समा १९, नेपालमा नौ र भुटानमा पाँच जनामा यो भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.