विश्व समाचार

कोरोनाबाट ९५ हजार भन्दा बढीको मृत्यु मलेरियाको औषधिको परीक्षण शुरु

कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी ९५ हजार ७ सय ९४ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसोसम्म १६ लाख ७ हजार ६ सय २६ सङक्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्यांक अनुसार यस प्रकोपबाट संसारभरियसैबीच यस रोगबाट ३ लाख ५७ हजार १६४ जना भने निको भएका छन् ।

पछिल्लो समय युरोप र अमेरिकामा कोरोनाले महामारी मच्चाइरहेको छ । अमेरिकामा ४ लाख ६८ हजार संक्रमित भएका छन् भने १६ हजार ६ सय ९७ जनाको मृत्यु भएको छ । त्यसै गरी इटालीमा स्पेनमा १ लाख ४३ हजार ६ सय २६ जना संक्रमित र १८ हजार २ सय ७९ जनाको मृत्यु भएको छ ।

त्यसै गरी स्पेनमा १ लाख ५३ हजार २ सय २२ संक्रमित, १५ हजार ४ सय ४७ को मृत्यु, जर्मनीमा १ लाख १८ हजार २ सय ३५ संक्रमित र २ हजार ६ सय ७ जनाको मृत्यु भएको छ । उता फ्रान्समा १ लाख १७ हजार ७ सय ४९ जना संक्रमित र १२ हजार २ सय १० जनाको मृत्यु भएको छ ।

यसबीचमा अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) ले बिहीबार मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्विनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ ।

दी हिलमा छापिएको एक रिपोर्टका अनुसार टेनिसी राज्यको नेस्भिलस्थित भ्यान्डरबिल्ट विश्वविद्यालय मेडिकल सेन्टरमा क्लिनिकल परीक्षणमा सहभागी हुन एक जना कोरोना संक्रमित व्यक्तिले नाम लेखाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक यो औषधि कोरोना संक्रमित व्यक्तिलाई उपयोगी हुने दाबी गर्दै आउनु भएको छ ।

समाचार अनुसार क्लिनिकल परीक्षणमा सहभागी हुन चाहनेहरुलाई पहिलो दिन दिनको दुई पटक ४०० एमजीको क्लोरोक्विन दिइने छ । त्यसपछि दुईदेखि पाँच दिनसम्म २०० एमजी औषधि दिनको दुई पटक (आठ डोज) दिइने छ ।

बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी क्लोरोक्विन औषधि अमेरिकालाई आपूर्ति गर्न स्वीकार गरेकामा धन्यवाद दिनु भएको थियो । ट्रम्पले भन्नुभयो, “क्लोरोक्विनको भण्डारण अब अमेरिकामा तीन करोड पिल्स पुग्नेछ ।”

गत महिना अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले आपतकालीन अवस्थामा कोरोना संक्रमित बिरामीलाई पनि मलेरियाको औषधि दिन सकिने बताएको थियो । एनआईएच अमेरिकाको मेडिकल अनुसन्धान संस्था हो ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमित व्यक्तिको संख्या चार लाख ६८ हजारको नजिक पुगिसकेको छ भने १६ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.