सुनको मूल्य प्रतितोला एक लाख नौ हजार तीन सय
नेपालको सुनचाँदी बजारमा आज (सोमबार) छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु सात सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख १० हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख नौ हजार तीन सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख आठ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख नौ हजार पाँच सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु दशले घटेर रु एक हजार चार सय तीसमा कारोबार भएको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । सुनको मूल्यले बुधबार (चैत २२) गते रेकर्ड कायम गरेको थियो । उक्त दिन स्थानीय बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ११ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १० हजार ५०० मा कारोबार भएको थियो ।





प्रतिक्रिया राख्नुहोस्