प्रदेशबागमती

बागमती प्रदेशसभा बैठक : विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव पेस

बागमती प्रदेशसभाको बिहीबारको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेश लोक सेवा आयोगको छैटौँ वार्षिक प्रतिवेदन २०८१/०८२ पेस गर्नुभएको छ ।

त्यसैगरी आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश आर्थिक कार्यविधि तथा वित्तिय उत्तर दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२, माथि विचार गरियोस भन्ने प्रस्ताव पेस गर्नुभयो ।

उक्त बैठकमा खानेपानी, ऊर्जा र सिँचाइमन्त्री कृष्णकुमार तामाङले प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२, माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभाको अर्को बैठक आगामी वैशाख ६ गते बस्ने गरी बिहीबारको बैठक स्थगित गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.