भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सले दोस्रो जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गर्दै मुम्बईले दोस्रो जित हासिल गरेको हो ।
जारी सिजनमा बैंगलोरको भने यो पाँचौं हार हो । मुम्बईको वांङखडे स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान फाफ डु प्लेसिसले ४० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाए भने दिनेश कार्तिकले २३ बलमा ५ चौका र ४ छक्कासहित ५३ रनमा अविजित रहे ।
त्यस्तै रजत पाटिदार २६ बलमा ३ चौका र ४ छक्कासहित ५० रन बनाए । मुम्बईका लागि जस्प्रित बुमराहले ५ विकेट लिए भने जेराल्ड कोट्जी, आकाश माधवाल र श्रेयस गोपालले समान १-१ विकेट लिए ।
१९७ रनको लक्ष्य मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईका लागि ईशान किशनले ३४ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रन बनाए भने सूर्यकुमार यादवले १९ बलमा ५ चौका र ४ छक्कासहित ५२ रन जोड्दा रोहित शर्मा ३८, हार्दिक पान्ड्याले २१ र तिलक बर्माले १६ रन बनाए । बैंगलोरका लागिआकाश दीप, विजयकुमार वैश्यक र विल ज्याक्सले १-१ विकेट लिए ।
जितसंगै मुम्बई ५ खेलमा २ मा जित र ३ मा हारसहित सातौं स्थानमा छ भने ६ खेलमा १ मा जित र ५ हारसहित बैंगलोर नवौं स्थानमा छ ।




प्रतिक्रिया राख्नुहोस्