राजनीति

कांग्रेस नेता भट्टराईलाई निर्वाचित गर्न पूर्व उपप्रधानमन्त्री सिंहको आग्रह

नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले गोविन्द भट्टराई उच्च गदका नेता भएकाले प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुपर्ने बताउनुभएको छ । तनहुँको बन्दीपुरमा बुधबार आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले गठबन्धनका उम्मेदवार भट्टराई निर्वाचित हुने विश्वास व्यक्त गर्नुभयो ।

कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका विषयमा उठेका प्रश्नहरू छिट्टै समाधान गरिने विश्वास व्यक्त गर्दै उहाँले नेता जोशीसँग छलफल भइरहेको जानकारी दिनुभयो । सिंहले स्वतन्त्रबाट उठेका स्वर्णिम वाग्ले अवसर पाउनजेल कांग्रेसबाट अवसर लिएको र नपाएपछि पार्टी छोडेर हिँडेको टिप्पणी गर्नुभयो ।

केन्द्रमा गठबन्धनको सरकार भएको र गोविन्द भट्टराई उच्च कदको नेता भएकाले मन्त्री बन्ने सम्भावना बढी रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “विद्यार्थी सङ्घ केन्द्रीय सभापति भएका नेता भट्टराईले आफ्नो कार्यकालमा कुशलतापूर्वक कार्य गरेकाले मन्त्री बन्ने अवसरमा आउने र त्यसको लागि म पनि पहल गर्नेछु ।”

आफू मन्त्री हुँदा भट्टराईले तनहुँका लागि धेरै शीर्षकमा बजेट माग्न धाएको र अन्य मन्त्रालयमा पनि धाएर बजेट पारेको स्मरण गर्दै स्मरण गर्दै नेता सिंहले पदमा नहुँदा पनि जनताको लागि काम गर्ने नेता भट्टराई भएको बताउनुभयो । जनताको कामलाई कसरी सम्बोधन गर्ने भन्ने भावना भट्टराईमा भएको भन्दै उहाँले सुखदुःख र अप्ठ्यारो बुझ्ने उम्मेदवारलाई निर्वाचित गर्न आग्रह गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता हरिबहादुर चुमानले गठबन्धनले उपयुक्त उम्मेदवार दिएको बताउनुभयो । “अहिलेसम्म निष्ठा, आर्दशको राजनीति गरिहेको गोविन्द भट्टराई हुनुहुन्छ”, उहाँले भन्नुभयो, “सरल र सहज नेतृत्वको प्रस्ताव भएको छ जित सुनिश्चित छ ।”

भट्टराईको उम्मेदवारी समर्थन मात्रै नभई सहयोग गर्ने दृढ समर्थन भएको चुमानले बताउनुभयो । उहाँले तनहुँको जमिन खोस्रिने, यहीको अन्तरविरोध हटाउने राष्ट्रको समस्या समाधान गर्नसक्ने क्षमता, जनतासँग भिजेको भुई मान्छे भएकाले भट्टराईलाई जिताउन आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री शङ्कर भण्डारीले गोविन्द भट्टराईलाई भोट हाल्न पाउनु तनहुँवासीको लागि गौरवको विषय भएको बताउनुभयो । नेपाली कांग्रेस तनहुँमा सभापति जितप्रकाश आलेले योग्य, क्षमतावान, विकासको लागि अहोरात्र खट्ने नेता भएकाले गोविन्द भट्टराई जिताउनु आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.