क्रिकेटखेल

आइपिएलमा बेंगलुरुद्वारा मुम्बई १८ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरु विजयी भएको छ । आइतबार राति भएको खेलमाबेंगलुरुले मुम्बई मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको हो ।

मुम्बईको घरेलु मैदान वानखेडेमा भएको खेलमा पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २४० रन बनएक थियो । बेंगलुरुका फिल साल्ट, विराट कोहली र रजत पाटीदारले अर्धशतकीय पारी खेलेका थिए ।

ओपनर साल्टले ३६ बलमा ६ चौका र ६ छक्का प्रहार ७८ रन बनाए भने कप्तान पाटीदारले २० बलमा ४ चौका र ५ छक्काको सहयोगमा ५३ र विराटले ३८ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५० रनको इनिङ खेले । त्यस्तै १६ बलमा ३४ रन बनाउँदै अविजित रहंदा जितेश शर्माले १० रन जोडे । मुम्बईका लागि ट्रेन्ट बोल्ट, कप्तान हार्दिक पाण्ड्या, मिचेल स्यान्टेनर र शार्दुल ठाकुरको भागमा समान एक-एक विकेट रह्यो ।

बेंगलुरुले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि शेरफन रादरफोर्डले ३१ बलमा १ चौका र ९ छक्का प्रहार गर्दै अविजित रहँदै सर्वाधिक ७१ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै कप्तान हार्दिक पाण्ड्याले ४० रन जोड्दा सुर्यकुमार यादबले ३३, रायन रिकल्टन ३७ र बनाए । बेंगलुरुका लागि सुयश शर्माले दुई विकेट लिए भने ज्याकोब डफी, रशिक सलाम, कुर्नाल पाण्ड्याको भागमा समान एक-एक विकेट रह्यो ।

जितसंगै चार खेलमा छ अंक जोडेको बेंगलुरु तेस्रो स्थानमा छ भने समान खेलमा दुई अंक जोडेको मुम्बई पुछारबाट तेस्रो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार पौने आठ बजे राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.