प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा विभागीय टोली नेपाल एपिएफ क्लबले मधेस प्रदेशलाई पराजित गरेको छ । सोमबार भएको खेलमा एपिएफले मधेसलाई ७४ रनले पराजित गरेको हो ।
पर्साको विरगञ्जमा भएको खेलमा पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ९० रन बनायो । उसको लागि ओपनर आसिफ शेखको १४२ बलको सामना गरेर १५ चौका र १७ छक्का प्रहार अविजित रहँदै सर्वाधिक २ सय ८ रनको कीर्तिमानी दोहोरो शतक बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ७३ बलमा ६ चौका र १ छक्काको मद्दतमा ५५ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै सन्दीप जोराले ४२ बलमा चौका र २ छक्काको सहयोगमा ५६ रनको अर्धशतकीय पारी खेल्दा दिपक बोहोराले १३ र लोकेश बम २१ रनमा अविजित रहे । मधेशका लागि रुपेश सिंहले तीन विकेट लिँदा रञ्जित कुमारको भागमा एक विकेट रह्यो ।
एपिएफले दिएको ३ सय ९१ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मधेसले इर्धरित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १८ रनमात्र बनायो । मधेसको लागि लागि आदिल आलमले ४३ बलमा ६ चौका र ८ छक्का प्रहार गर्दै ८७ रनको अर्धशतकीय पारी खेले अरनिको यादवले ७३ बलमा ८ चौका र ६ छक्काको सहयोगमा ८६ रनको अर्धशतकीय इनिङ खेले ।
त्यस्तै कप्तान अनिल साहले २९ रन जोड्दा मोहम्मद समिरले २२ र विशाल सुस्लींग ३९ रन बनाए । एपिएफका लागि अभिषेक गौतमले तीन विकेट लिए भने कमलसिंह ऐरीले दुई विकेट लिँदा भुवन कार्की, युवराज खत्री र कप्तान रोहित पौडेलको भागमा समान एक-एक विकेट रह्यो ।
एपिएफले ११ अंकका साथ तेस्रो स्थानमा रहेर प्रतियोगिता समाप्त गरेको छ ८ खेलबाट ९ अंक जोडेको मधेसले आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
जारी प्रतियोगितामा एपिएफले पिएम कपको इतिहासमा सर्वाधिक ठूलो योगफल तयार गरेको थियो । यस्तै एपिएफका लागि ओपनर आसिफले पिएम कपको इतिहासमा आसिफ पहिलो पटक २०० रन बनाउने पहिलो खेलाडी बने ।





प्रतिक्रिया राख्नुहोस्