जल/वातावरण
बेलायतबाट फर्किएर पेप्सीकोलामा बस्दैआएका दुईजनामा कोरोना संक्रमण
२८ दिनअघि बेलायतमा फर्किएर पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।

सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरु मध्ये दुई जनाको रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ ।
बाँकी एकको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।