जापान

७० प्रतिशत कर्मचारीलाई घरबाटै काम गराउने सरकारको योजना

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई कम गर्न जापान सरकारले संकटकाल लागू गरिएका क्षेत्रमा कम्पनीहरुले कर्मचारीहरुलाई घरबाटै काम गराउने योजना बनाएको छ । सरकारले यी क्षेत्रमा सामाजिक सम्पर्क व्यापक मात्रामा घटाउने उद्देश्यले सो योजना बनाएको हो ।

सरकारले राजधानी टोकियो र अन्य ६ प्रान्तमा व्यक्ति व्यक्तिबीचको सम्पर्क कम्तिमा ७० प्रतिशत र सम्भव भएसम्म ८० प्रतिशतसम्म घटाउने योजना बनाएको छ । यदि यसो गर्न सकियो भने भाइरस संक्रमण चाँडोभन्दा चाँडो रोक्न मद्दत मिल्नेछ ।

प्रधानमन्त्री शिन्जो आबेले अप्रिल ७ मा टोकियो, ओशाकाा लगायत ७ प्रान्तहरुमा एक महिनासम्म संकटकालको घोषणा गर्नुभएको थियो । संकटकाल घोषणापछि प्रमुख शहरहरुमा नागरिकको आवतजावत ६० देखि ७० प्रतिशतले कमी आएको सरकारको दावी छ ।

सरकारले संकटकाल लगाए पनि लकडाउन घोषणा नगरी नागरिकलाई अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन अनुरोध गर्दैआएको छ ।

यसबीचमा यात्रुहरुको संख्यामा अपेक्षाकृत कमी आएको र अब कम्पनीहरुलाई आफ्ना कामदारलाई घरबाटै काम गर्न लगाउने योजना बनाउन अनुरोध गर्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.