विश्व समाचार

भारतमा २४ घण्टामा कोरोनाका दश हजार बिरामी थपिए

बितेका २४ घन्टामा देशभर १० हजार सात सय ५३ जना कोरोनाका बिरामी थपिएका छन् । शुक्रबार ११ हजार एक सय नौ जना बिरामी भेटिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज जनाएको छ ।

गत बिहीबार १० हजार एक सय ५८ जनामा कोभिड–१९ भेटिएको थियो । अहिले भारतभर ५३ हजार सात सय २० जना सक्रिय सङ्क्रमित छन् ।

बितेका २४ घन्टामा छ हजार छ सय २८ जना स्वास्थ्य लाभ गरी घर फर्केका छन् । हालसम्म चार करोड ४२ लाख २३ हजार दुई सय ११ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.