जन सरोकार

कुटपिट गरी आफ्नै काकाको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै काका नाता पर्ने ५० वर्षीय तिलकधरी चमार (हरिजन)को कुटपिट गरी हत्या गरेको अभियोगमा नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-३ मर्चहवा बस्ने २१ वर्षीय सन्तराम चमारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सन्तरामले गत चैत २८ गते बादबिवाद भई कुटपिट गर्दा घाइते भएका तिलकधरीलाई स्थानिय मेडिकलमा उपचार गराई घरमै बसिरहेको अवस्थामा उनको आइतबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुडियाबाट खटिएको प्रहरीले सन्तरामलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.