जन सरोकार

डा केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले विश्वविद्यालयका पदाधिकारी नियुक्तिसम्बन्धी डा गोविन्द केसीले उठाएका विषय प्रष्ट पार्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

सङ्घर्ष समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै गोदावरी नगरपालिका–५ कैलालीमा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालयबारे नकारात्मक टिप्पणी र अफवाह फैलिँदा अन्योल बढेको भन्दै डा केसीका मागबारे प्रष्ट पार्न आग्रह गरेको हो ।

विशेषगरी उपकुलपति तथा रजिष्ट्रारको नियुक्ति चिकित्सा शिक्षा ऐन, २०७५ को प्रतिकूल भएको भन्ने आरोपले विश्वविद्यालय सञ्चालनबारे अन्योल सृजना गरेको विज्ञप्तिमा उल्लेख छ ।

“त्यसैले सम्बन्धित निकायसँग नियुक्तिहरू प्रचलित कानुनअनुसार भएका हुन् वा होइनन् भन्ने विषयमा स्पष्ट, आधिकारिक र तथ्यपरक जानकारी सार्वजनिक गर्न आग्रह छ । साथै विश्वविद्यालय सञ्चालनमा देखिएका अन्य द्विविधा पनि यथाशीघ्र स्पष्ट पारेर आमनागरिकमा फैलिएको भ्रम हटाउन माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.