राजनीति

सात प्रदेशमा सञ्चालन हुन लागेको ‘अटिजम’ स्कुललाई सघाउन आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखलेलले सरकारले सातवटै प्रदेशमा संचालन गर्न लागेको ‘अटिजम’ स्कुललाई सघाउन बेलायतसंग आग्रह गर्नुभएको छ ।

मन्त्री पोखलसँग बुधबार नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले गर्नुभएको शिष्टाचार भेटवार्तामा उहाँले सो आग्रह गर्नुभएको हो ।

मन्त्री पोखरेलको कार्यकक्षमा भएको भेटमा उहाँहरूबीच नेपाल–बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

त्यस क्रममा मन्त्री पोखरेलले नेपालको शैक्षिक उन्ननयनका निम्ति बेलायत सरकारबाट प्राप्त सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै गर्नुभएको थियो ।

मन्त्री पोखरेलको निजी सचिवालयका अनुसार उक्त विद्यालयलाई स्रोत र जनशक्ति विकासमा सहयोग गर्न उहाँले राजदूतसमक्ष अनुरोध गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.