राजनीति

प्रधानमन्त्री ओलीद्वारा शनिबार ११ बजे बालुवाटारमा सर्वदलीय बैठक आव्हान

मुलुकमा राजनीतिक अस्थिरतासंगै कोरोना संक्रमणको महामारी बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको छ ।

शनिबार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

यसबैचच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलीसँग टेलिफोन वार्ता भएको बताउनुभएको छ । उहाँले ललितपुरको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई फोन गरेको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले सर्वदलीय बैठकका सन्दर्भमा कुरा गर्न फोन वार्ता भएको बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.