जल/वातावरण
चार्टर विमानबाट ३४ जना चिकित्सकको टोली पुगे सुदूरपश्चिम
सरकारले सदूर पश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्न नदिन ३४ जना चिकित्सकको टोली त्यसतर्फ पठाएको छ । उनीहरुलाई शुक्रबार विमान चार्टर गरेर पठाइएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाका अनुसार सुदूरपश्चिमको मुख्यमन्त्रीको कार्यालयले खटाएको अस्पतालमा काम गर्ने गरी चिकित्साशास्त्र अध्ययन संस्थान नेम्समा अध्ययनरत चिकित्सकको टोली पठाइएको हो ।
हाल एक महिना अवधिका लागि पठाइएको र आवश्यकता अनुसार थप गरिने बताइएको छ । सो टोलीलाई यति एयरको विमान चार्टर गरी त्यहाँ पु¥याएको र उहाँहरूलाई आवश्यकता अनुसार विभिन्न जिल्लामा खटाइनेछ ।