निषेधित क्षेत्रमा बिरोध प्रदर्शन गर्ने राप्रपाको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)ले सरकारलाई चुनौति दिन निषेधित क्षेत्रमा बिरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । बिहिबार बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।
राप्रपाले चैत १५ गतेको प्रदर्शनका क्रममा पक्राउ परेका आफ्नाा नेताहरूको रिहाइको माग गर्दै वैशाख ७ गते सरकारले तोकेको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।
पार्टीका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणालगायत पक्राउ परेका नेतारकार्यकर्ताको रिहाइका लागि आन्दोलन सशक्त पार्ने पनि निर्णय गरेको छ ।
बैठकले पार्टीले पूर्वनिर्धारित कार्यक्रमअनुसार वैशाख ७ गते निषेधित क्षेत्रमा विरोध प्रदर्शनका साथै, वैशाख ९ गते सबै जिल्लामा धर्ना, सभा र विरोध कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ ।
बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनलाई थप व्यवस्थित र सशक्त बनाउन आन्दोलन विशेष समिति बनाउने र आन्दोलन एवं संगठनका अभियान चलाएर सबै नेतालाई गाउँगाउँ र वडा तहसम्म पुर्याउने निर्णय गरेको जानकारी दिनुभयो ।




प्रतिक्रिया राख्नुहोस्