३५ दिनभित्र कब्जा गरिएको जग्गा फिर्ता गर्न त्रिविको अल्टिमेटम
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो स्वामित्वमा रहेको तर लामो समयदेखि विभिन्न व्यक्ति, कम्पनी वा संघसंस्थाले अवैध रूपमा भोगचलन गरिरहेका जग्गा तथा अचल सम्पत्ति फिर्ता गर्न ३५ दिने अलीटमेटम दिएको छ ।
त्रिविद्वारा गठित ‘जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन २०८१’ ले त्रिविका धेरै जग्गाहरू प्रचलित ऐन, नियम र कानुन विपरीत अनधिकृत रूपमा कब्जा र नियन्त्रणमा रहेको तथ्य फेला पारेको थियो।
सोही प्रतिवेदनको निष्कर्षलाई कार्यान्वयन गर्दै त्रिवि कार्यकारी परिषद्को मिति २०८२ साल चैत २३ गते जग्गा फिर्ता गराउने निर्णय गरेको थियो । सोही बमोजिम शुक्रबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै ३५ दिनभित्र त्यस्ता सम्पत्ति खाली गर्न अन्तिम चेतावनी दिएको हो।
तोकिएको समय -३५ दिन) भित्र जग्गा खाली नगरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाइने त्रिवि सामान्य प्रशासन महाशाखाले जनाएको छ।
जारी सूचनामा विभिन्न व्यक्ति, निजी कम्पनी र संस्थाहरूले विश्वविद्यालयको शैक्षिक उन्नयनका लागि सरकार तथा दाताहरूले दिएको जग्गा नियमविपरीत भोगचलन गरिरहेको पाइएको उल्लेख छ।





प्रतिक्रिया राख्नुहोस्