जल/वातावरण

सयमा सीमित संक्रमितको संख्या हजार नाघ्यो, आइतबार थपिए एक हजार ९६ जना

केही हप्ता अघिसम्म एकाध सयमा सीमित रहेको कोरोना संक्रमितको संख्या आजबाट हजार नाघेको छ । दैनिक रुपमा बढ्दै जाने क्रममा आइतबार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेल परीक्षणबाट १ हजार ९६ जना संक्रमित थपिएर संक्रमितको आँकडा चार अंकमा पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ५ हजार ८४ पीसीआर परीक्षणबाट आइतबार १ हजार १५ जना संक्रमित फेला परेको हो । त्यस्तै ६ सय ९९ एन्टिजेन परीक्षणबाट ८१ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट भएको परीक्षणबाट १ हजार ९६ जना संक्रमित बनेका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८४ हजार ६ सय ७३ पुगेको छ ।

त्यसै गरी २४ घण्टामा २६२ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७५ हजार ३०० पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८३ पुगेको छ । हाल आइसोलेसनमा ६ हजार २ सय ९० र क्वारेन्टाइनमा ८५ जना रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.