जापान

हिमालयन एकाडेमी टोकियोमा १७ विद्यार्थी सम्मानित (फोटोहरुसहित)

टोकियोको कोईवामा नेपालीहरुद्वारा संचालित हिमालयन ईन्टरनेशनल एकाडेमीमा १७ जना विद्यार्थीहरु सम्मानित भएका छन। हालै सम्पन्न विद्यालयको एक कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान गरिएको विद्यालयका प्रिन्सिपल कालुसिंह मेहताले जानकारी दिनुभयो।

सम्मानित हुनेहरुमा उत्कृष्ठ विद्यार्थीतर्फ कक्षा एकबाट सीता आचार्य, कक्षा दुईबाट कोकोमी तिवारी र आयुमी खनाल, कक्षा तीनबाट सान्भी हुमागाई, कक्षा चारबाट सौरबी सापकोटा तथा कक्षा पाँचबाट सज्जन आचार्य र सुन्दर सुवेदी रहेका छन् ।

यस्तै अनुशासिततर्फ कक्षा एकबाट प्रमिका न्यौपाने, कक्षा दुईबाट आश्ना सिम्खडा, कक्षा तीनबाट विवेक सुवेदी, कक्षा चारबाट यालुङ हाँङ चाम्लिङ राई र कक्षा पाँचबाट युनिका शर्मा तथा सरसफाईतर्फ कक्षा एकबाट विभान आचार्य, कक्षा दुईबाट अरिशा सुनार, कक्षा तीनबाट आरभ ढकाल, कक्षा चारबाट रियाँशा गौतम र कक्षा पाँचबाट आदित्य सापकोटालाई सम्मानपत्र सहित पुरस्कृत गरिएको थियो।

विद्यालयमा कक्षा पाँचबाट १४ जना र किण्डरगार्डेनतर्फ १२ जना विद्यार्थीहरु दिक्षित भएका थिए। स्थानीय अर्वन प्लाजा कोईवामा भएको कार्यक्रममा नेपाली तथा अंग्रेजी गीत, नृत्य र वक्तृत्वकला लगायतका विविध प्रस्तुति पनि गरिएको थियो ।

 

करिव दुई वर्ष अघि स्थापना भएको हिमालयन एकाडेमीमा हाल एकसय तीस बढी विद्यार्थीहरुले पठनपाठन गर्दै आएको संचालक समितिका राजन रिजालले सो अवसरमा जानकारी गराउनु भएको थियो। एकाडेमीले यसै महिनाबाट नयाँ भवनबाट पठनपाठन प्रारम्भ समेत गरेको उहाँले जानकारी गराउनु भयो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.