क्रिकेटखेल

आइपिएलमा गुजरातद्वारा कोलकाता पाँच विकेटले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) २०२६ मा गुजरात टाइटन्स विजयी भएको छ । शुक्रबार राति भएको खेलमा गुजरातले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको हो ।

जारी प्रतियोगितामा गुजरातको यो तेस्रो जित हो भने कोलकाताको छैटौं हार । कोलकाताको घरेलु मैदान अहमदाबादमा भएको खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा १ सय ८० रनमा अलआउट भएको थियो ।

कोलकाताका लागि क्यामरन ग्रिनले ५५ बलमा ७ चौका र ४ छक्का प्रहार अविजित रहँदै सर्वाधिक ७९ रनको अर्धशतकीय पारी खेले बने रोभमन पावेल २७ रन बनाए । त्यस्तै टिम साईफर्टले १९ रन जोड्नु बाहेक अन्यको प्रदर्शन उलेखनीय रहेन । गुजरातका लागि कागिसो रबडाले तीन विकेट लिए भने मोहम्मद सिराज र अशोक शर्माले समान दुई-दुई विकेट लिँदा रशिद खान र प्रसिद्ध कृष्णाको भागमा समान एक-एक विकेट रह्यो ।

कोलकाताले दिएको १ सय ८१ रनको लक्ष्य गुजरातले १९ दशमलव ४ ओभरमा५ विकेट गुमाएर पूरा गर्यो । गुजरातको लागि कप्तान शुभमन गिलले ५० बलमा ८ चौका र ४ छक्का प्रहार ८६ रनको अर्धशतकीय पारी खेले भने जस बटलरले २५ रन बनाए ।

त्यस्तै साई सुदर्सनले २२ रन जोड्दा ग्लेन फिलिप्सले १९ र वासिङ्टन सुन्दरले १३ रन बनाए । कोलकाताका लागि वरुण चक्रवर्तीले दुई विकेट लिए भने वैभब अरोरा, सुनिल नारायण र रमनदिप सिंहको भागमा समान एक-एक विकेट रह्यो ।

जितसंगै गुजरात पाँच खेलमा छ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ भने छ खेलमा एक अंक जोडेको कोलकाता तालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.