राजनीति

कोरोना रोकथामका लागि मन्त्रिपरिषद्ले गर्यो यस्तो निर्णय, २५ जनाभन्दा बढी भेला हुन नपाइने

देशमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन थालेपछि यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले शहरी क्षेत्रका विद्यालय वैशाख महिनाभर बन्द गर्नेदेखि बढी भीडभाड हुने क्षेत्रहरुमा प्रतिबन्धको घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिनेमा हल तथा सम्पूर्ण रात्रिकालीन व्यवसाय (डान्स बार, क्लब, दोहोरी र नाचघरहरु) बन्द गर्नाका साथै आसभाहरु र जुलुश गर्न पनि प्रतिबन्ध लगाएको छ ।

यस्तै पार्टी प्यालेस, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च तथा मेला महोत्सव, पर्व, जात्रा, सभा, आमसभा, जुलुसलगायत भीडभाड हुने सबै स्थान तथा कार्यक्रमहरू वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

यद्यपि शपिङ मल वा डिपार्टमेन्ट स्टो तथा ग्रोसरी पसलहरु भने सञ्चालन गर्न पाइने छ । तर, २५ जना भन्दा बढी मानिसको भीड गर्न नपाइने, दुई व्यक्तिको बीचमा २ मिटर दूरी कायम राख्नुपर्ने, मास्क अनिवार्य गर्ने, प्रवेश गर्दा साबुनपानीले हात धुने वा स्यानिटाइज प्रयोग गर्नेलगायत मापदण्ड पालना गर्नुपर्ने छ ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.