क्रिकेटखेल

आइपिएलमा मुम्बईको तेस्रो जित, पञ्जाब ९ रनले पराजित  

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सले तेस्रो जित हासिल गरेको छ। बिहीबार राति भएको खेलमा पञ्जाब किंग्सलाई ९ रनले पराजित गर्दै मुम्बईले तेस्रो जित हासिल गरेको हो ।

मुम्बईको तेस्रो जित

जारी सिजनमा पञ्जाबको भने यो पाँचौं हार हो । मुलनपुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो । मुम्बईका लागि सुर्यकुमार यादवले ५३ बलमा ७८ रनको सानदार अर्धशतकीय पारी खेले भने रोहित शर्माले ३६ रन बनाउँदा तिलक बर्मा ३४ रनमा अविजित रहे । त्यस्तै, टिम डेभिडले १४ रन जोड्दा हार्दिक पाण्ड्याले १० रन बनाए ।

पञ्जाबको लागि हर्सल पटेलले तीन विकेट लिए भने साम कुरानले दुई तथा कागिसो रबाडाले एक विकेट हात पारे । १ सय ९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.२ ओभरमा १ सय ८३ रनमा अलआउट भयो । उसका लागि आसुतोष शर्माले २८ बलमा ६१ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै, शसांक सिंहले ४१ रन बनाउँदा हरप्रित ब्रारले २१ र हरप्रित सिंहले १३ रन जोडे । मुम्बईका लागि जसप्रित बुमराह र जेराल्ड कोट्जेले समान ३-३ विकेट लिँदा आकाश मढवाल, हार्दिक पाण्ड्या र श्रेय्यस गोपालले समान १-१ विकेट लिए । प्रतियोगिता अन्तर्गत आज लखनउ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स नेपाली समय अनुसार राति ७:४५ बजे भिड्दैछन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.