कर्पोरेट/पर्यटन

अन्नपूर्णमा आरोहण सुरु

अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्तयामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । सेभेट समिट ट्रेकका लाक्पा शेर्पाको नेतृत्वमा सात जना नेपाली र पाँच जना विदेशी पर्वातारोही शनिबार अन्नपूूर्णको चुुचुरो चुमेका हुन् ।

सेभेन समिटका अनुुसार आरोहण गर्नेहरूमा क्यानडाका चाल्र्स पेज, रुसका भालेरिय बाबानोभ, भ्लादिमिर अफानासेभ, युरी कुग्लोभ र अजरवैजानका इस्फार्ली असुुर्ली रहेका छन् । नेपाली लाक्पासहित छेवाङ, दावा नर्बुु, पासाङ दुुङपा, छाङुुबा, तारामान र पासाङ शेर्पाले पनि शनिबार नै अन्नपूूर्णको सफल आरोहण गर्नुभएको कम्पनीले जनाएको छ ।

त्यसैगरी, शनिबार विहान १०ः१५ बजे नेदरल्यान्ड र अष्ट्रेलियाका दुई आरोहीसँगै एक शेर्पाले सफलतापूर्वक आरोहण गरेको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।

“अन्नपूर्ण हिमालमा यसपटकको पहिलो आरोही टोलीले सफलतापूर्वक आरोहण गरेका छन्”, उहाँले भन्नुभयो, “आरोहण टोलीसँगै बेसक्याम्पसम्म घुम्न जानेको चहलपहल सुरु भएको छ”, अभियान्ता गुरुङले भन्नुभयो ।

यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट चार समूहका २७ जनाले अनुमति लिएका छन् । उनीहरूबाट रु एक करोड २० लाख ४९ हजार १७५ राजस्व प्राप्त भएको विभागका शाखा अधिकृत शर्मिला बञ्जाडेले बताउनुभयो । अन्नपूर्ण संसारको दशौँ अग्लो हिमाल हो । गत वर्षको वसन्तयाममा अन्नपूर्ण चढ्न ६६ जनाले अनुमति लिएका थिए ।

अन्नपूर्ण आरोहणका लागि विभिन्न कम्पनीबाट पुगेका आरोही र पर्यटकहरूको आधार शिविरमा चहलपहल छ । विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलोपटक आरोहण गर्नुभएको थियो ।

मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ सालमा सरएडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.