भारतमा जारी १९औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) मा सनराइजर्स हैदराबाद विजयी भएको छ । शनिबार राति भएको खेलमा हैदराबादले चेन्नई सुपर किंग्सलाई १० रनले पराजित गरेको हो ।
हैदराबादको घरेलु मैदान राजिब गान्धी क्रिकेट रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । हैदराबादका लागि अभिषेक शर्मा र हेनरिक क्लासेनले समान ५९-५९ रनको अर्धशतकीय पारी खेले । अभिषेकले २२ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दा क्लासेनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै ट्रभिस हेडले २३ रन जोड्दा साहिल अरोराले १३ तथा नितिश रेड्डी र शिवान्ग कुमारले समान १२-१२ रन जोडे । चेन्नईका लागि अन्शुल कम्बोज र जेमी ओभरटर्नले समान तीन-तीन विकेट लिए भने मुकेश चौधरीको भागमा दुई विकेट रह्यो । हैदराबादले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन मात्र बनाउन सक्यो ।
चेन्नईका लागि म्याथ्यु शर्टले सर्वाधिक ३४ रन बनए भने आयुष म्हत्रेले ३० रन जोडे । यस्तै कप्तान ऋतुराज गायकवाडले १९ रन जोड्दा शिभम दुवेले २१, जेमी ओभरटर्नले १६ रअन्शुल कम्बोज १३ रनमा अविजित रहे । हैदराबादको लागि इशान मालिङ्गाले तीन विकेट लिए भने नितिश कुमार रेड्डीले दुई विकेट लिँदा पर्फुल हिङ्गे, शाकिब हुसैन र शिवान्ग कुमारले समान एक-एक विकेट रह्यो ।
जितसंगै हैदराबाद छ खेलमा छ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ भने समान खेलमा चार अंक जोडेको चेन्नई सातौं स्थानमा रहेको छ ।





प्रतिक्रिया राख्नुहोस्