राजनीति

राप्रपाको निषेधित क्षेत्र तोड्ने घोषणाप्रति गृहको चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले तोकेको निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने निर्णय गरेपछि गृह मन्त्रालयले निषेधित क्षेत्र तोड्ने प्रयास भए कानुन अनुसार कारबाही हुने बताएको छ ।

राप्रपाले भोलि वैशाख ७ गते आइतबार सरकारले तोकेको निषेधित क्षेत्र तोड्ने निर्णय गरेको भन्दै विभिन्न समाचारहरु सार्वजनिक भएपछि गृह मन्त्रालयले विज्ञप्ति मार्फत कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको हो ।

मन्त्रालयले एक विज्ञप्ति जारी गरी संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सैह्य नहुने स्पष्ट पारेको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।’

साथै विज्ञप्तिमा समाजमा हिंसा फैलाउने कुनैप नि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.