राप्रपाले आज काठमाडौँमा प्रदर्शन गर्दै
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएको छ । आज (आइतबार) राप्रपाले बिहान ११ बजे बिजुली बजारमा भेला भएर प्रदर्शन गर्ने जनाएको छ ।
राप्रपाले बिजुली बजारमा प्रदर्शन गर्ने योजनाममा रहेको छ । राप्रपाले सरकारले तोकेको निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएसँगै उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ । राप्रपाले प्रदर्शनको लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छैन । अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने सुराक पाएसँगै निषेधित क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ ।
राप्रपाका पार्टी प्रवक्ता मोहन श्रेष्ठले आइतबार मध्याह्न १२ बजे बिजुलीबजार पुलमा भेला भएर अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा शान्तिपूर्ण प्रदर्शन गर्ने बताउनुभएको छ । त्यस्तै लिङदेनले नै अगूवाइ गरेर बानेश्वरको निषेधित क्षेत्रतर्फ अघि बढ्ने राप्रपाको योजना रहेको छ ।
तर, गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै निषेधित क्षेत्रमा प्रदर्शन गरे कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । राप्रपाले प्रहरी हिरासतमा रहेका नेता कार्यकर्ताहरूको रिहाइका लागि राजनैतिक र कानुनी लडाइँ जारी राख्ने जनाएको छ ।
यसअघि राप्रपाले गत चैत २५ गते बल्खुमा शान्तिपूर्ण जनप्रदर्शन गरेको थियो ।




प्रतिक्रिया राख्नुहोस्