क्रिकेटखेल

आइपिएलमा मुम्बईको दोस्रो जित, गुजरात ९९ रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इन्डियन्सले दोस्रो जित हासिल गरेको छ । सोमबार राति भएको खेलमा गुजरात टाइटन्सलाई ९९ रनले पराजित गर्दै मुम्बईले प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो ।

गुजरातको घरेलु मैदान अहमदावादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । मुम्बईको लागि तिलक बर्माले ४५ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै अविजित रहँदै १ सय १ रनको शतकीय पारी खेले भने हार्दिक पाण्ड्याले १५ रन बनाए ।

गुजरातका लागि कागिसो रबडाले तीन विकेट लिए भने मोहम्मद सिराज र प्रसिद्ध कृष्णको भगमा समान एक-एक विकेट रह्यो । २ सय रनको लक्ष्य पछ्याएको गुजरात १५.५ ओभरमा १०० रनमा अलआउट भयो । गुजरातको लागि लागि वासिङ्गटन सुन्दरले २६ रन बनाए भने कप्तान सुभमन गिलले १४ रन जोडे ।

त्यस्तै शाहरुख खानले १७ र कागिसरो रबडाको १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । मुम्बईका लागि आश्विनी कुमारले चार विकेट लिए भने एएम घजानफर र मिचेल स्यान्टनरले समान दुई-दुई विकेट लिँदा जसप्रित बुमराह र हार्दिक पाण्ड्याको भागमा समान एक-एक विकेट रह्यो ।

जितसंगै छ खेलमा चार अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ भने समान खेलबाट छ अंक जोडेको गुजरात पाँचौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार पौने आठ बजे सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्स भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.