जन सरोकार

विष सेवनबाट दुईको मृत्यु, एक गम्भीर

रौतहटमा विष सेवन गरेका एकै परिवारका तीनमध्ये दुईको उपचारको क्रममा मृत्यु भएको छ भने एकको अवस्था गम्भीर रहेको छ ।

रौतहटको मौलापुर नगरपालिका–१ बस्ने रामलाल महतो कोइरीका ३५ वर्षीया पत्नी सोनावतीले, मङ्गलबार राति करिब १० बजे १४ वर्षे छोरा दीपक महतो र ७ वर्षे छोरी सोनी कुमारीलाई विष सेवन गराई आफू पनि सेवन गरेको रौतहट प्रहरीले जनाएको छ ।

विष सेवनबाट अवस्था गम्भीर भएको परिवारलाई थाहा भएलगत्तै तीनै जनालाई स्थानीय मौलापुर अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल शिक्षण अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा सोनावती र छोरी सोनीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो ।

कोइरीको छोरा दीपक महतोको अवस्था गम्भीर रहेकाले आइसियुमा उपचार भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो । घरायसी विवादको क्रममा कोइरीका पत्नी सोनावतीले छोराछोरीलाई सलफेट नामक गहुँमा राख्ने विष खानामा मिसाएर खुवाएर आफूसमेतले सो विषको चक्की सेवन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको उहाँले बताउनुभयो ।

यस घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.