खेलविविध

निर्वाचनले रोक्यो रारा म्याराथन, अर्को मिति छिट्टै तोकिने

यही बैशाख ११ गतेको आयोजना हुने रारा म्याराथन स्थगित गरिएको छ । कार्यक्रम संयोजक चक्रबहादुर चन्दले सामाजिक सञ्जालमार्फत स्थानीय तहको निर्वाचनका कारण हाललाई स्थगित गरिएको जानकारी दिनुभएको छ ।

म्याराथनको पूर्व निधारित मति मात्र स्थगन गरिएको र अर्को मिति छिट्टै जानकारी गराउने बताउँदै चन्दले म्याराथनमा सहभागिताका लागि नाम दर्ता भएकाहरूको सोही अनुसार हुने बताउनुभएको छ ।

लोकतन्त्र दिवसको अवसर पारेर पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुने कार्यतालिका छ ।

पूर्वनिर्धारित मितिमा सम्पन्न हुन नसके पनि रारा म्याराथनले यस क्षेत्रको पर्यटन, साहसिक खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोशेढुँगा सावित हुने संयोजक चक्र बहादुर चन्दले बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.