प्रबास
कोरोनाका कारण भाग्यमानी १७ नेपाली जसले पाए कतारमा आममाफी
वैदेशिक रोजगारीका सिलसिलामा कतार पुगे पनि गैरकानुनी काम गरेर काराबासको सजाय भोगिरहेकामध्ये १७ नेपालीले कोरोना भाइरस संक्रमणका कारण आममाफी पाएका छन् । कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका हुन् ।
कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने निर्णयअनुसार १७ जना नेपालीले पनि आममाफी पाएका दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरु अब रिहा हुनेछन् । रिहा हुनेहरुमा १३ जना लागू औषध कोरोबार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेकाहरु छन् ।