अर्थ

नेप्से परिसूचक १७ अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बिहीबार पनि गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक १७ दशमलव शून्य एक अङ्कले घटेर दुई हजार ७८७ दशमलव १५ को बिन्दुका कायम भएको हो । यो शून्य दशमलव ६० प्रतिशतले घटेको हो । विगत चार कारोबार दिनयता शेयर बजारमा लगातार गिरावट आइरहेको छ ।

अघिल्लो दिन दुई हजार ८०४ अङ्कमा रहेको बजार आज दुई हजार ७८७ को बिन्दुमा पुगेको नेप्सेले जनाएको छ । अघिल्लो दिन सात अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ बराबरको कारोबार भएकामा बिहीबार उक्त रकम घटेर रु पाँच अर्ब नौ करोड ५९ लाख पाँच हजार ७५७ दशमलव १७ मा पुगेको छ ।

बिहीबार ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २१६ कम्पनीको मूल्य घट्नुका साथै सात कम्पनी स्थिर रहेका छन् । बिहीबार ३४८ कम्पनीको एक करोड १३ लाख ७५ हजार ६९९ कित्ता शेयर ९३ हजार ९०७ पटक खरिदबिक्री हुँदा रु रु पाँच अर्ब नौ करोड ५९ लाख पाँच हजार ७५७ दशमलव १७ को कारोबार भएको नेप्सेले जनाएको छ ।

उत्पादन तथा प्रशोधन शून्य दशमलव ६० र व्यापार समूह शून्य दशमलव ४३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहका परिसूचक घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा बढी एक दशमलव ४२ प्रतिशतले घटेको छ ।

बैंकिङ शून्य दशमलव ७६, विकास बैंक शून्य दशमलव शून्य आठ, फाइनान्स एक दशमलव शून्य छ, हाइड्रोपावर एक दशमलव शून्य पाँच, लगानी शून्य दशमलव ५३, जीवन बिमा शून्य दशमलव ४३, माइक्रोफाइनान्स शून्य दशमलव ५३, निर्जीवन बिमा एक दशमलव १९ तथा अन्य समूह शून्य दशमलव ८५ प्रतिशतले घटेको छ ।

बिहीबार सबैभन्दा बढी पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड र शिखर पावर डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य १४ दशमलव ९९ प्रतिशतले बढेको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य नौ दशमलव २४ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.